सत्ता गठबन्धन दलको बैठक बालुवाटारमा बस्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीचको खटपटसँगै सत्ता गठबन्धनको सोमबार बिहान बैठक बस्ने भएको छ।

बिहान ८ बजे बालुवाटारमा बैठक बस्न लागेको हो। बैठकमा राष्ट्रियसभा अध्यक्षको निर्वाचन लगायतका विषयमा छलफल हुने स्रोतले जनाएको छ। 

राष्ट्रियसभा अध्यक्षको निर्वाचनअघि सत्ता समीकरण परिवर्तन हुने चर्चाबीच राजनीतिक गतिविधि बढेको छ। नेकपा एमाले,नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र आन्तरिक छलफलमा व्यस्त छन्।  

कांग्रेससँग विवादकै बिच प्रधानमन्त्री दाहालले आइतबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र रास्वपाका सभापति रवि लामिछानेसँग छुट्टाछुट्टै भेट गरेका थिए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।