परिणाम प्राप्त गर्नेगरी सरकारले काम गर्न आवश्यक छ : अध्यक्ष नेपाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन ।  नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले परिणाम प्राप्त गर्नेगरी सरकारले काम गर्न आवश्यक रहेको बताएका छन्। शुक्रबार चितवनमा भरतपुर भ्रमण वर्ष २०२४ उद्घाटन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन्। 

उनले सरकारले विभिन्न विषयमा विज्ञहरु बोलाएर छलफल गरेपनि परिणाम ननिस्किएको भन्दे जनतालाई परिणाम दिनेगरी काम गर्न आवश्यक रहेको बताए। सरकारले बनाएका योजना, नीतिहरुमा त्रुटी भए सच्याउन जरुरी रहेको उनको भनाइ थियो। 

उनले परिणाम किन निस्किएन भन्नेबारेमा समीक्षा गरेर अघि बढ्न जरुरी रहेको बताए। जनताको आलोचनालाई कदर गरेर अघि बढ्न उनले सुझाव दिए। नेता नेपालले नेपाल प्राकृतिक विविधताले, सम्पन्नताले भरिपूर्ण भएको पनि बताए। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।