गठबन्धन सरकारका कारण व्यवस्थाप्रति नै नकारात्मक धारणा विकास भयो : महासचिव पोखरेल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुर  । नेकपा एमालेका महासचिव शंकर पोखरेलले गठबन्धन सरकारका कारण व्यवस्थाप्रति नै नकारात्मक धारणा विकास हुँदै गएको बताएका छन् ।

शुक्रबार जनकपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै पोखरेलले वर्तमान सरकार पूर्ण रुपमा असक्षम र असफल देखिएको भन्दै गठबन्धन सरकारको कारण व्यवस्था प्रति नै नकारात्मक धारणा विकास हुँदै गएको बताएका हुन् ।

उनले सरकार खर्च जुटाउने कुरामा पनि असफल रहेको बताए । देशको स्वाधीनता, स्वाभिमान र राष्ट्रिय हितको प्रश्न यतिबेला इतिहासकै कमजोर भएको पोखरेलले बताए ।

उनले अभियोग लागेका व्यक्तिहरु झण्डा हल्लाउदै अख्तियारमा धाउने गरेको भन्दै विभिन्न प्रकरणमा संलग्न मन्त्रीहरुलाई प्रधानमन्त्रीले हटाउन नसकेको तर्क गरे ।

सुशासनको कुरा गर्ने सरकार भ्रष्टाचारका फाइल खोल्दा आफ्ना मान्छेका अनुहार देखिएपछि पछाडि फर्कने गरेको पोखरेलले बताए ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।