संसद् सेवा दिवसका अवसरमा रक्तदान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सत्रौँ संसद् सेवा दिवसका अवसरमा आज सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालय परिसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ।

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खान तथा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले ५०औँ पटक रक्तदान गर्ने सचिवालयका उपसचिव सञ्जय दाहाललाई रगत सङ्कलन गर्ने झोला हस्तान्तरण गरेर कार्यक्रमको उद्घाटन गरे।

सङ्घीय संसद् सेवा दिवस मूल समारोह समितिले रक्तदान कार्यक्रमको आयोजना गरेको हो।

हरेक वर्ष मङ्सिर २८ गते संसद् सेवा दिवस मनाइँदै आइएको छ। विसं २०५९ मङ्सिर २८ गते निजामती सेवाबाट संसद् सेवालाई अलग्गै विशेष सेवाका रूपमा छुट्याइएपछि यो दिवस मनाउन थालिएको हो।

दिवसका अवसरमा सचिवालयले विभिन्न कार्यक्रम आयोजना गरेको छ। संसद् सचिवालयअन्तर्गत करिब तीन सय कर्मचारी छन्। दिवसका दिन उत्कृष्ट कर्मचारीलाई सम्मान गर्ने कार्यक्रम छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।