अभियान्ता मुकुन्द घिमिरेको संयोजनमा बाह्रबिसे बाढी पिडितलाई आर्थिक सहयोग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  स्वदेश तथा विदेशमा रहेका समाजसेवीहरुले सिन्धुपाल्चोकको बाह्रबिसे बाढी पिडितलाई आर्थिक सहयोग रकम पठाएका छन् ।
 
हेम माया फाउण्डेसनका संस्थापक हेम र माया थापा, इजराएलमा बस्दै आउनुभएका समाजसेवी पवित्रा गौतम, झकिन्द्र खतिवडा र साउदी अरबबाट लाललप्रसाद फुयालले पठाउँनुभएको ७५ हजार रुपैयाँ सहयोग गरिएको हो ।
 
पिडितलाई केही राहत पुगोस भन्ने उदेश्यले सामाजिक अभियान्ता मुकुन्द घिमिरेको संयोजनमा बाढी प्रभावित क्षेत्र बाह्रबिसेको जम्बुमा आर्थिक रकम हस्तान्तरण गरिएको हो ।
 
 
उक्त कार्यका लागि नेपाल शाकाहारी पार्टीका संयोजक राधे खड्काले सहयोगी भुमिका निर्वाह गरेका थिए । 
 
बुधबार राति भोटेकोसीमा बाढी आएसँगै सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका(५ गाती जम्बुमा एल्मो ठाडो खोला बस्ती पस्दा १५ घर बगाएको थियो । बाढीले बस्तीका १५ भन्दा बढि ब्यक्तिहरु बेपत्ता बनाएकोमा दुई जनाको शव फेला परेको छ ।
 
बेपत्ताहरुको खोजि कार्य अझै जारी छ । बाढिले बस्ती तथा खाद्यान्न बगाउँनुका साथै मानिस बेपत्ता पारेपछि स्थानिय यतिबेला शोकमा छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।