नेपालमा कोरोनाबाट थप एकको मुत्यु, क्वारेन्टिनमा मृत्यु भएका युवकमा संक्रमण पुष्टि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  बागलुङमा क्वारेन्टिनमा मृत्यु भएका युवकमा कोरोना संक्रमण पुष्टि भएको छ ।

आइतबार बिहान मृत्यु भएका  निसीखोला गाउँपालिका वडा नम्बर २ का २९ वर्षीय युवकको पीसीआर परीक्षणको रिपोर्ट पोजेटिभ आएको हो ।

उनि परिवारका पाँच सदस्यसहित गत असार १ गते भारतबाट आएका थिए। मृतकको स्थायी घर निसीखोला गाउँपालिका भए पनि उनको ससुराली ढोरपाटनमा भएकाले त्यहीँ नजिकको क्वारेन्टिनमा बसेका थिए।

लामो समयदेखि भारतमा बस्दै आएका उनी मिर्गौलासम्बन्धी रोगबाट पीडित थिए ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।