काठमाडौं । धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पानी अभाव हुँदा विभिन्न समस्या भएको भन्दै विद्यार्थीहरुले विरोध र्याली निकालेका छन् ।
पानीको चरम अभाव भइरहेकोले आवश्यक पानीको व्यवस्थापन हुनुपर्ने माग राख्दै शान्तिपूर्ण र्याली निकालिएको जनाइएको छ । अस्पतालभित्र विद्यार्थी, डाक्टर, कर्मचारी गरेर करिब तीन हजार सहित स्वास्थ्य उपचारको लागि पानीको आवश्यक पर्छ ।
विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आफ्नै तीन वटा पानीको स्रोत भएपनि व्यवस्थापन हुन नसक्दा पानीको अभाव हुन गएको हो ।
Comment