आकाश शर्मा
– सात्विक गुणलाइ धारण गरेर सत्यको मार्गमा हिड्ने वाला , शांत प्रवृतिका स्वामी , निश्चल मन र भावले सदा- सर्वदा कर्मरत हुनेवाला , धिर-गंभिर वाला , प्रकृतिका नियम अनि सिद्धान्तहरूलाइ आदर गर्ने वाला , आफूलाइ विषय वा दबावबाट अलग राख्ने वाला, सामाजिक सुधार वा हितार्थ कार्य वा उपदेश या आदर्श प्रश्तुत गर्नेवाला , स्वतन्त्र निर्णय लिने वाला , जो सत्यको प्रतिमूर्ति होस , जो स्थितीप्रज्ञ होस उसलाइ नै ‘साधु सन्त’ भनिन्छ ।
जो संसारको मोह माया लाइ त्याग गरी सम्पूर्ण मानवलाइ ज्ञानको शिक्षा दिदैं सम्पूर्ण जीव मात्रको कल्याण हेतु आफ्नो जीवन बलिदान गरीदिउन उनिहरूलाइ नै साधु सन्त भनि संबोधन गरिएको छ ।
साधु सन्त शब्दको प्रयोग दुइ अर्थमा पाइन्छ । सामान्य अनि व्यापक अर्थमा र रूढ तथा संकुचित अर्थमा । व्यापक रूपमा साधु-सन्तको अर्थ को तात्पर्य हुन्छ पवित्रात्मा , परोपकारी , सदाचारी , निरञ्जन , विरक्त महात्मा , इश्वर परक , परम धार्मिक पुरूष , सन्यासी , त्यागी पुरूष , बुद्धिमान , विद्वान , परमतत्व, निष्काम , जगतकल्याणकारि , जीव उद्धारक , इश्वरसंग प्रेम गर्ने वाला , जसका कोहि सत्रु छैनन , अनि सबै प्रकारका विषय बाट सदा सर्वदा असंपृक्त रहन्छ उनैलाइ संत भनि परिभाषित गरिएको छ ।
संत शब्दको मौलिक अर्थ’सुद्ध’ अस्तित्व , एक मात्र सत्यमा विश्वास गर्ने वाला , अथवा सत्यलाइ पूर्ण अनुभव गर्ने वाला । यसको अलावा साधु-सन्तलाइ ‘तैत्तरीया उपनिषद’मा एक एवं अद्वितीय परमतत्वको लागी’पवित्रता’को अर्थमा पनि सम्बोधन गरिएको पाइन्छ ।
साथै बिभिन्न शास्त्र , उपनिषद हरूमा शांत , शांति , सत् आदि अर्थ ले पनी सम्बोधन गर्दै भनिएको छ कि संसारलाइ पवित्र गर्ने वाला तिर्थ पनि संतको पदार्पण ते आफै पवित्र बन्दछन ।
सन्त स्वभाव
साधु वा सन्त त एक स्वभाव हो न की संगठन । साधु वा सन्त त एक मौलिक गुण हो । सन्तको मुख्य उद्धेश्य नै जीव हित , जीव कल्याण , व सनातन (प्राकृतीक वा खगोलिय) नियम वा धर्मको प्रति सम्पूर्ण मानवलाइ जागरूक गराउनु हो ।
उनिहरूले जाती , वर्ण , लिंग , धनि , गरिब , उच , निच , केहिमा पनि भेद नगरी बस’जो हरी को भजे सो हरी को होइ’ भन्ने भगवत आप्त वचनलाइ आत्मसाथ गर्दछन र उनिहरूले सबै जीव प्रति समभाव राख्दछन ।
सम्पूर्ण जीव अनि जगत कल्याणको उद्धेश्य हेतु नै एक सच्चा संतको धर्तिमा आगमन भएको हुन्छ । आफ्नो सहि गन्तव्य नपाएर वा बिर्सिएर भड्किएका जीवलाइ भगवत भक्तिको माध्यम बाट सहि पथ प्रदर्शन गरी जीव बाट शिव अनि नर बाट नारायण बनाउनकै लागी यस धर्तिमा सच्चा संतको आगमन भएको हुन्छ । उनिहरू व्यक्तिगत रूपमा अष्टाङ्ग योगलाइ सिद्ध गरी ब्रम्हमा लिन भइरहेका हुन्छन ।
राम्रो कार्यको प्रसंशाको आश पनि सन्तले कैसैबाट राखेका हँदैनन र कुनै कार्यको लागी कसैलाइ दोष पनि थुपार्दैनन । जुन स्थान मा जस्तो श्रोत र साधन अनि सुविधा उपलब्ध छ तिनै श्रोत , साधन र सुविधालाइ प्रयोग गरी केवल मानव कल्याण अनि जगत कल्याणक हेतु नै जनमानस लाइ जागरूक गराउन लागिरहन्छन ।
अनि समाजलाइ यो बताउदछन कि कुरीति त्याग्नु मै सबैको भलाइ छ । सायद सच्चा संतहरू भिख माग्दै हिडेको अवस्था देखीदैन किनभने प्रकृति स्वयम्ले एक सच्चा संत को सम्पूर्ण व्यवस्था गरेकी हुन्छिन ।
सच्चा सन्तहरू कठोर नियम पालन गर्ने हुनाले उनिहरू दरिद्र पनी हुन सक्दछन र धनि पनी हुन सक्दछन तर उनिहरू तांत्रिक र जादुगर चाहि पक्का हुँदैनन ।
सच्चा संत संग आध्यात्मिक चर्चा गर्न सकिन्छ तर शारिरीक बिरामी या भौतिक दरिद्रता हटाउने कोहि चमत्कार देखाउने आश चाहि गर्न मिल्दैन किनभने संतहरू आफैमा पूर्ण हुन्छन र उनिहरू को यस धर्तिमा पधार्पण को मुख्य उद्धेश्य नै केवल जीव कल्याण अनि जगत कल्याणको लागी मात्र रहेको हुन्छ।
संन्यासी एवं योगी परिचय
आजको समयमा हामि जती पनी संत रूपमा योगाचार्यहरू देखीरहेका छौं सायद त्यस मध्य कोहि कोहि मात्र सच्चा संत योगी छन ।
तब जीज्ञासा उत्पन्न हुन्छ सच्चा योगी लाइ पहिचान गर्ने कसरी रुरु यस जीज्ञासा को उत्तर मा भागवत गीता को छैटौं अध्यायमा भगवान श्रीकृष्ण अर्जुन समक्ष भन्नुहुन्छ कि हे अर्जुन सन्यास आवरण को हैन आचरण को विषय हो।
‘अनाश्रीतः कर्म फलं , कार्यं कर्म करोति यः’
स सन्यासी च योगी च न निरग्निर्न चाक्रियः
जो पुरूष कर्म फलका सम्पूर्ण इच्छा को त्याग गरी सदैव शुभ कार्य गरिरहन्छ , परोपकार नै जसको जीवनको एक मात्र ध्येय छ उ नै एक सच्चा संन्यासी हो ।
कर्म को त्याग लाइ संन्यास भनिदैन अपितु अशुभ कर्म को त्याग नै संन्यास हो । दुनियाँ को त्याग गर्नु संन्यास होइन अपितु दुनियाँको लागी त्याग गर्नु यो चाहि अवश्य संन्यास हो ।
योगस्थ या योगारूढ
त्यस्ता व्यक्तिलाइ योगि भनिन्छ जो स्थितप्रज्ञ होस , जो निद्रामा पनि जागा होस । केहि संत योगीहरूलाइ छाडेर आजको यो समाजका हाम्रा बाँकि योगीहरू त जाग्रत अवस्थामा पनी सुतेका झैं देखीन्छन ।
यम , नियम , आशन , प्राणायम त योगमा प्रवेश गर्नका लागी केवल भुमिका मात्र हो । यस कुरा लाइ लिएर हिड्ने धेरै व्यक्तिहरू पनि यहि कुरा मै अल्झिरहेका हुन्छन ।
तर साहासी त ति व्यक्तिहरू हुन् जसले धारणा र ध्यानको उपयोग तिर कमान जस्तै गरे अनि मोक्ष नामक लक्ष्यलाइ पनी भेद र अगाडी बढे र उनिहरूनै सच्चा सन्त एवं सच्चा योगी अनि महायोगी भए ।
सच्चा साधु संत माथि आइपर्ने बिघ्नहरू शास्त्रर्थ एवं दृष्यवान रूपमा
सत्य युग देखी नै शास्त्रलाइ पल्टाएर हेर्दा जहाँ भगवत कार्य भइरहेको हुन्छ त्यहाँ बिघ्न मच्चाउने राक्षस थिए भन्ने प्रमाणहरू पाइन्छन ।
जहाँ देव कार्यहरू भए त्यहाँ बिघ्न मच्चाउन दानवहरू पनि थिए भन्ने प्रमाण हरू पनि पाइन्छन । अनि जहाँ सच्चा सन्तहरूले जगत कल्याण हेतु कार्हरू गर्न लागे त्यहाँ संन्त भेष लिएर कालनेमी जस्ता निसाचर हरू ले बिघ्न हाल्ने गरेका शास्त्रार्थ प्रमाणहरू धेरै पाइन्छन ।
आजको दुनियाँमा सच्चा सन्त पाउन अत्यन्तै दुर्लभ छ अनि बल्ल तल्ल सच्चा संत पाइएता पनी उनिहरूलाइ संरक्षण गर्न एक ठुलो चुनौति हुन्छ ।
जहाँ यस कलिकालमा एउटा खुट्टामा टेकिएर उभिएको धर्मको रक्षार्थ अनि जगत कल्याण हेतु कार्य गर्ने सच्चा संतहरू छन त्यहाँ भगवत कार्यमा बिघ्न बाधा पुर्याउने नियत स्वरूप संतकै भेषमा रहेका कालनेमी जस्ता निसाचर हरू को पनि कमि छैन आजको दुनियाँमा ।
यसको लागी इतिहास साक्षि नै छ सत्य , त्रेता अनि द्वापर युगहरूका ज्वलन्त उदाहरण हरू शास्त्रमा थुप्रै पाइन्छन । सच्चा संत भएको ठाउमा उनिहरूहरूको देखासेखी स्वरूप सम्पूर्ण सन्तलाइ नै कलंक बनाउने , आचरण हिन , भोगी हरूको पनी कमि छैन यस आजको युगमा ।
सच्चा साधु हरू छन तर सच्चा साधुहरूलाइ समेत नराम्रो बनाउने ‘स्वाधु’ हरूको कमी नभएको भने होइन । वैदिक सनातन धर्मलाइ जन जन सम्म पुर्याउने सच्चा धर्म गुरू हरू भएको ठाउमा पनी आफूलाइ धर्मगुरू पनी भन्ने अनि भगवान नाम अनि धर्मलाइ नै ब्यापार बनाएर खोक्रो आडम्बर रच्ने धर्म गुरूहरूको पनी कमी भने छैन आजको युगमा ।
सच्चा संतहरू माथि लाग्ने गरेका आरोप ऐतिहासिक एवं शास्त्रर्थ प्रमाण सहित
आज यस समाजमा ब्यप्त कुरीती , कु-संस्कार , अनि धर्म माथि भइरहेको अधर्मको वृत्ति लाइ रोकी आफ्नो गन्तब्य नै बिर्सिएर भड्कीरहेका जीवहरूलाइ अष्टाङ्ग योग (यम , नियम , आशन , प्राणायम , प्रत्याहार , धारणा , ध्यान , समाधि) को माध्यम द्वारा सहि पथ प्रदर्शन गर्ने एक सच्चा साधु ( संत , धर्म गुरूको अभाव छ यो समाजमा ।
जो अष्टाङ्ग योग सिद्ध होस , जो श्रोत्रिय ब्रम्हनिष्ठ र गुरू परम्परामा आवद्ध होस , सहि पथ प्रदर्शक बनी भगवत उपासनाको माध्यम बाट समाज , राष्ट्र अनि जगतलाइ नै ज्ञान प्रदान गर्ने अभियन्ता बनोस ।
अहिले यस्ता महान सन्तलाइ पाउन दुर्लभ भइसकेको छ । यदि कतै भाग्यको उदय भएर यस्ता संत पाइहाले पनी उनिहरूको कदर एवं संरक्षण गर्न नै हाल ठुलो चुनौति रहेको छ र इतिहास पनि यस कुराको लागी साक्षि छ ।
किनभने यस्ता संतहरू को स्वभाव अनि एक मात्र उद्धेश्य नै जीव कल्याण एवं जगत कल्याण हुने भएकोले समाजमा झुटो आडम्बर रचेर बसिरहेका योगी को नाममा भोगी अनि धर्म गुरूको नाममा अधर्मिहरूको आँखाको तारो बन्न पुग्छन ।
धर्म शास्त्रहरू इतिहासको रूपमा साक्षि छन समाजमा ब्यप्त झुटा धर्म गुरू हरू र योगी को रूपमा आडम्बर रचि बसेकाहरूले आफ्नो प्रभुत्व जमाउनको लागी भगवान गौतमबुद्ध लाइपनी महिला भिक्षुणी को साथ अवैध संबन्ध एवं उसको हत्या सम्म गरेको भन्ने भ्रामक र घृणीत आरोप लगाइ समाज बाटै बहिस्कार गर्ने षडयन्त्र रचिएको इतिहास साक्षि छ ।
भगवान रामानन्दाचार्य लाइ पनी महिला नै प्रयोग गरी अनि अन्य निन्दनिय तवरले नचाहिदा आरोपहरू लगाएर समाजबाटै बहिस्कार गर्ने सम्मका प्रयासहरू भएको इतिहासमा प्रमाण पाइन्छ ।
कविरदास जी महाराज , स्वामी विवेकानन्द , साइबाबा , आदि सच्चा संतहरूलाइ पनि दुश्चरित्रवान , स्त्रिलम्पट , ठगी , धोकेवाज , अधर्मि , शरावि , वेश्यागामी , जादुको बल मा स्त्रिलाइ आकर्षित गर्ने जस्ता अपमानजनक अनि निन्दा गर्ने जस्ता निन्दनिय आरोपहरू लगाएर संतहरूको चरित्र हत्या गर्ने दुष्प्रयास इतिहास काल देखी नै नभएका भने होइनन ।
तर यि संतहरूले सबै वैर भावलाइ नजरअंदाज गरी केवल मानव कल्याण अनि जगत कल्याणकै लागी लागीरहे । यि संतहरूलाइ त्यस समय कालमा उनिहरूमाथि अनेकौं कपोलकल्पित अनि सुनियोजीत तवरले झुटा अनि निन्दनिय आरोपहरू लगाइएका थिए ।
तर आजको समयमा यि संतहरूलाइ नै हरेक मानिशहरू जय जयकार गरिरहेका छन । जो आज हरेक मानव हृदयको मन्दिरमा भगवत स्वरूपमा विराजमान भएका छन ।
किनभने उनिहरू सच्चा साधु सन्त हुन । आजको वर्तमान समयमा पनी विदेशी ताकत अनि राजनितीको ताकत द्वारा धेरै सच्चा साधु संतहरू लाइ मिडिया द्वारा बद्नामी गराइरहेका हुन्छन ।
अब आउने भविश्यको समयमा उनिहरूको पनि अवश्यनै जय जयकार हुनेछ ।सन्त स्वभाव नै यहि हुन्छ कि आफू पूर्ण हँदाहुँदै पनी आफ्नो प्राणको समेत पर्वाह नगरी एक लंगौटि अनि एक सरो शरिर ढाक्नो बर्को ओडेर जगत कल्याण गर्न निस्किएका हुन्छन ।
उनिहरू अरूले आफु माथि गरेको उपकार मात्र देख्दछन उनिहरूले आफु माथि गरिएको बैर भाव लाइ कदापि हेर्दैनन । साधु संतहरू त केवल-सर्वजन हिताय , सर्वजन सुखायको सिद्धान्तमा हिडिरहेका हुन्छन ।
भनिन्छ संत को भेष त्यस्तो भेष हो जसमा स्वयम् इश्वरको दर्शन हुन्छ । तर आजको समयमा सच्चा संत दुर्लभ रूपमा कहि कतै भेटिन्छन अपितु आजकल त संतरूपी भेषमा कालनेमी जस्ता निसाचर हरूको बिगबिगी बढीरहेको देखीएको छ त्यस्ता धेरै घटनाहरू पढ्न , देख्न अनि सुन्न पाइन्छ ।
अन्त्यमा
एउटा सच्चा संतले अरूको निन्दा कदापी गर्दैन अनि अरूको दुर्गति कहिल्यै पनि सोच्दैन । सच्चा संतरूपी धर्मगुरू ले अधर्मको बाटो कदापि रोज्दैन । संत स्वभाव नै हो कि सबैको कल्याणगर्ने ।
तर आजको समयमा टिभी , पत्र पत्रिका अनि समाजमै पनि पनि हेर्न , सुन्न अनि पढ्न पाइन्छ कि यस कलिकालको समयमा दुर्लभ रूपमा भेटिने जो कोहि पनि सच्चा संत छन उनिहरूला खुट्टा तानेर लडाउने कार्य भइरहेको छ ।
त्यो पनि समाजमा झुटो आडम्बर रचिएका संतकै भेषधारि निसाचरहरू बाट । आजको समयमा पूर्विय दर्शन लाइ संरक्षण को आवश्यक्ता छ । अनि पूर्विय दर्शन लाइ जगतव्यापि रूपमा प्रचार प्रसार गर्ने सच्चा संतलाइ पनि संरक्षको उतिकै आवश्यक्ता छ ।
सच्चा संत सम्बन्धित देशका गहना हुन्छन यस विषयमा सरकारले पनी चासो राख्नु पर्ने देखिन्छ ।
Comment