भारतबाट बढेर आयो पेट्रोल र डिजेलको भाउ, प्रतिलिटर कति ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भारतबाट पेट्रोलियम पद्धार्थको मूल्य बढेर आएको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेसँगै भारतीय आयल निगम (आइओसी)ले पनि नेपालमा पेटोल र डिजेलको भाउ बढाएर नयाँ मूल्यसूची पठाएको हो ।

आइतबार आइओसीबाट प्राप्त खरिद मूल्यसूची अनुसार पेट्रोलमा प्रतिलिटर ६.३३ रुपैयाँ, डिजेलमा २० पैसा भाउ बढेर आएको निगमले जनाएको छ ।

आइओसीले निगमलाई हरेक १५/१५ दिनमा पेट्रोलियम पद्धार्थको नयाँ मूल्यसूची पठाउने गरेको छ ।

हाल पेट्रोलको मूल्य प्रतिलिटर १७५ र डिजेल १६५ रुपैयाँ रहेको छ । निगमले यसअघि पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ र डिजेलमा प्रतिलिटर १० रुपैयाँ भाउ घटाएको थियो ।

निगमले बढेर आएको भाउ अनुसार मूल्य बढाउने नबढाउने बारे केही बताएको छैन ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।