नुवाकोटमा दुई जनामा कोरोना संक्रमित थपिए, थप दुईजना संक्रमण मुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  नुवाकोटमा थप दुई जना संक्रमित थपिएका छन् ।

नुवाकोटको तारकेश्वर गाउँपालिकाको ६ वर्षीया बालिका र उनको आमा ३१ वर्षीया महिलामा संक्रमण पुष्टि भएको हो ।

यससँगै तारकेश्वर गाउँपालिकामा कोरोना संक्रमितको संख्या ३ पुगेको छ ।  उनीहरुको अवस्था सामान्य रहेको त्रिशुली अस्पतालले जनाएको छ । यो सँगै नुवाकोटमा कोरोना संक्रमितको संख्या १० पुगेको छ ।

त्यस्तै नुवाकोटको दोश्रो र तेश्रो कोरोना सक्रमित म्यागङका दुई युवा रोगलाई जित्दै निको भएसगैँ आज घर फर्कदैछन् । यसअघि ककनी गाँउ पालिकाका एक युवा कोरोना मुक्त भएका थिए ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।