घट्यो हवाइ भाडा, कुन गन्तव्यको कति ? (सूचीसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  वायुसेवा सञ्चालक संघले आजबाट  लागू हुने गरी हवाइ भाडा घटाएको छ ।  हवाइ सेवाप्रदायकहरुले हवाइ इन्धनको मूल्यमा प्रतिलिटर १० रुपैया घटेसँगै उडानको पनि भाडा घटाइएको जनाएका छन् ।  

काठमाडौंबाट भद्रपुरको ३०० र विराटनगरको २४० रुपैयाँ घटेको छ । त्यस्तै, माउन्टेन फ्लाइटको ३४५ रुपैयाँ ,जनकपुरकको भाडा १३० रुपैयाँ र भरतपुरको १०५ रुपैयाँले घटेको छ ।

यता पोखराको १५५ रुपैयाँ ,काठमाडौंबाट धनगढीको उडानका लागि  ४४० रुपैयाँ भाडा घटेको । यस्तै काठमाडौंबाट हुने माउन्टेन फ्लाइटमा ३ सय ४५ रुपैयाँले भाडा घटेको छ ।

अब माउन्टेन फ्लाइटको अधिकतम भाडा ५ हजार ४९० रुपैयाँ कायम भएको छ । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।