किसान लघुवित्तको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । किसान लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट घोषणा गरेको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन रहेको छ ।

साधरण सभा तथा लाभांश प्रयोजनका लागि लघुवित्तले भोलि (चैत २० गते) बुकक्लोज तोकेको छ । सो अनुसार आजसम्म कायम रहने सेयरधनीले मात्र कम्पनीको लाभांश पाउने छन् ।

कम्पनीले गत वर्षको नाफाबाट ७ बोनस सेयर र कर प्रयोजनका लागि ०.३७ प्रतिशत नगद गरी कुल ७.३७ प्रतिशत लाभांश घोषणा गरेका छ ।

उक्त लाभांश कम्पनीको आगामी साधरण सभाले पारित गरेपछि सेयरधनीले पाउने छन् ।लघुवित्तले प्रस्तावित लाभांश पारित गर्न चैत २८ गते वार्षिक साधरण सभा बोलाएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।