लोकन्थलीको बीच सडकमा बस तेर्स्याएर चालक फरार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर-कोटेश्वर सडक खण्डको लोकन्थली चोकको बीच सडकमा बा ५ ख ६६७४ नम्बरको भोल्भो बस बीच सडकमा छड्के पारी पार्किङ गरेर चालक फरार भएका छन् । बसको हेन्डल लक गरिएको छ भने चाबी पनि चालकले लिएर फरार हुँदा आवागमनमा असहज भएको छ ।  ट्राफिक प्रहरी, प्रहरी स्थानीयले बस सडकबाट हटाउन प्रयासरत छन् । बीच सडकमा बस पार्किङ गरिँदा ट्राफिक व्यवस्थापनमा समस्या भइरहेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।