भुटानलाई बराबरीमा रोक्दै नेपाल थ्री नेसन्स कपको फाइनलमा, उपाधि भिडन्त लाओससँग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  नेपालले भुटानविरुद्ध अन्तिम समयमा गोल गर्दै थ्री नेसन्स कपको फाइनल यात्रा तय गरेको छ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज (मंगलबार) साँझ भएको खेलमा भुटानसँग १–१ गोलको रोमाञ्चक बराबरी खेल्दै घरेलु टोली नेपालले लाओससँग उपाधि भिडन्त तय गरेको हो।

खेलको १९ औँ मिनेटमा भुटानका लागि तेञ्जिङ नोर्बुले हेडमार्फत गोल गर्दै निकै दबाबमा राखे पनि नेपालले खेलको अन्तिम समयमा गोलको खडेरी तोडेको थियो।

खेलको ९० औँ मिनेटमा दिपकराजसिंह ठकुरीले नेपालका लागि हेडरबाटै बराबरी गोल गर्दै फाइनलमा स्थान सुरक्षित गरे। नेपालका लागि दीपकराजको यो डेब्यु गोल पनि हो।

वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका ठकुरीको निर्णायक गोल भुुटानलाई घर फर्काउन पर्याप्त भयो। यससँगै नेपालले भुटानविरुद्ध लगातार १३ खेलमा अपराजयको यात्रा कायमै राखेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।