बोकालाई लगाइयो महिलालाई लगाउने तीन महिने संगीनी सुई

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गुल्मीको धुर्कोट गाउँपालिकामा महिलालाई लगाउने गर्भनिरोधक तीन महिने संगीनी सुई बोकालाई लगाएको पाइएको छ।

गाउँपालिकाले एक प्रेस विज्ञप्ति जारी गर्दै धुर्कोट गाउँपालिका वडा नं.
१ नयाँगाउँ र वडा नं. ७ वाग्लाका केही पशुहरू (बोके पाठा) मा प्राइभेट
सेक्टरमा रही पशु सेवामा कामकाज गर्ने पशु प्राविधिक तथा ग्रामीण पशु
स्वास्थ्य कार्यकर्ताहरूबाट नियम विपरीत महिलामा प्रयोग गर्ने हर्मोन
संगीनी सुई पशुमा प्रयोग गरेको उल्लेख गरेको छ।

साथै आगामी दिनमा सो कार्य गर्ने गराउने गरेको पाइएमा दुवैलाई कानुन बमोजिम दण्ड सजाय गरिने गाउँपालिकाले चेतावनी दिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।