रोनाल्डोको कीर्तिमानसँगै पोर्चुगलले सानदार जित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी ।  कप्तान क्रिस्टियानो रोनाल्डोको कीर्तिमानसँगै युरोकप २०२४ को छनोटमा पोर्चुगलले सानदार जित हासिल गरेको छ।  पोर्चुगलले घरेलु मैदानमा बिहीबार राति भएको खेलमा लिचेस्टाइनमाथि ४–० को सानदार जित हासिल गर्‍यो। पोर्चुगलको जितमा कप्तान रोनाल्डोले २ तथा जोओ क्यान्सेलो र बर्नाडो सिल्भाले समान १–१ गोल गरे।

पोर्चुगलले क्यान्सेलोको गोलबाट खेलको आठौं मिनेटमा नै अग्रता लिएको थियो। पहिलो हाफ १–० स्थितिमा सकिएको खेलको ४७औं मिनेटमा सिल्भाले गोल गर्दै पोर्चुगलको अग्रता दोब्बर पारे। ५१औं मिनेटमा रोनाल्डोले पेनाल्टीमा गोल गरे। त्यसपछि ६३औं मिनेटमा रोनाल्डोले फ्रिकिकमार्फत् व्यक्तिगत दोस्रो गोल गरे।

यस जितसँगै समूह ‘जे’ मा पोर्चुगलले ३ अंक जोडेको छ। पराजित लिचेस्टाइनले अंक जोड्न सकेको छैन।
बिहीबार रातिको खेलसँगै रोनाल्डो देशका लागि सर्वाधिक धेरै अन्तराष्ट्रिय खेल खेल्ने फुटबल खेलाडी बनेका छन्। रोनाल्डोको यो १९७ औं अन्तराष्ट्रिय खेल हो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।