रिलायबल नेपाल लाइफद्वारा सडक डिभाइडर सहयोग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । ‘जीवन बीमा जरुरी छ’ भन्ने मूल नाराका साथ स्थापना भएको रिलायबल नेपाल लाइफ इन्स्यारेन्स कम्पनीले जिल्ला प्रहरी परिसर ललितपुर लाई १२ थान सडक डिभाइडर सहयोग गरेको छ ।

कम्पनीले बेला बखतमा गर्ने गरेको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मंगलबार सडक दुर्घटनाको जोखिम न्यूनिकरणका निम्त्ति उक्त सामान सहयोग गरेको हो ।

उक्त हस्तानतरण कार्यक्रममा जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख शिद्घी विक्रम शाहले दुर्घटनाको जोखिम न्यूनिकरण गर्न यसले धेरै सहयोग पुग्ने बताए ।

साथै कम्पनीका वरिष्ठ सहायक महाप्रबन्धक दिपेश बाबु तिवारीले कम्पनीले बेला बखत गर्ने संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सडक दुर्घटनाको जोखिम न्यूनिकरण गर्न यस कम्पनीले जिल्ला प्रहरी परिसर ललितपुर लाई सडक डिभाइडर सहयोग गर्न पाउँदा खुसी भएको व्यक्त गरे । साथै उनले आउँदा दिनमा आवश्यक परेको खण्डमा सहयोगहरुका लागि निरन्तरता दिने बताए ।

‘जीवन बीमा जरुरी छ’ भन्ने मूल नाराका साथ स्थापना भएको यस कम्पनीले स्थापनाको छोटो समयमा नै नेपाली बीमा बजारमा ५० लाख भन्दा बढी बीमालेखहरु जारी गरी छुट्टै पहिचान राख्न सफल भएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।