काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ ।
नेपाल आयल निगमले डिजेल, पेट्रोल र मट्टितेलको साबिक खुद्रा मूल्यमा प्रतिलिटर ३/३ रुपैयाँले बढाएको हो ।
बढेको मूल्य अनुसार अब पेट्रोल प्रतिलिटर १७८ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर १७५ रुपैयाँ कायम भएको छ । वृद्धि गरिएको मूल्य सोमबार राति १२ बजेदेखि लागू भएको निगमले जनाएको छ ।
हवाई इन्धन र एलपी ग्यासको खुद्रा बिक्री मूल्य भने यथावत् राखिएको छ । निगमद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘अनुमानित नोक्सानीको अवस्थालाई मध्यनजर गर्दै निगम व्यवस्थापनको २०७९/१०/२३ को निर्णयअनुसार आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजेल÷मट्टितेलको साबिकको खुद्रा बिक्रीमा वृद्धि गरिएको छ ।’
Comment