नुवाकोटका १०३ वर्षीय वृद्ध विलप्रसाद पौड्याल गरे पुर्नविवाह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नुवाकोट । नुवाकोटको लिखु गाउँपालिका-४ चौघडाका १०३ वर्षीय वृद्ध विलप्रसाद पौड्यालले पुर्नविवाह गरेका छन्।

हिन्दू संस्कारअनुसार एक शतक पार गरेपछि गर्नुपर्ने प्रचलन अनुसार धर्मपत्नि १०० वर्षीया दिपकुमारी देवकोटा (पौड्याल)सँग पूर्नविवाह गरेका हुन्।

आफ्नै घरमा आयोजित विवाह समारोहमा उनले आफ्ना ६ छोरा, एक छोरी, ११ नाति, २२ नातिनी, ४९ जना पनाति, पनातिनी सहभागि थिए ।  विवाह सकिएपछि गाउँलेहरूलाई बोलाएर बहुभतेर (भोज)समेत खुवाइएको थियो।

विसं १९७७ साल साउन १७ गते जन्मेका वृद्ध विलप्रसादले १४ वर्षको उमेरमा दिपकुमारी देवकोटासँग हिन्दू परम्पराअनुसार विवाह गरेका थिए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।