बलात्कार मुद्दामा ८१ वर्षीया आसाराम बापुलाई फेरि आजीवन जेल सजायको फैसला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी । गुजरातस्थित गान्धीनगर सेसन अदालतले भारतका कथित धर्मगुरु  ८१ वर्षीया आसाराम बापुलाई बलात्कारी ठहर गर्दै  आजीवन जेल सजायको फैसला सुनाएको छ।  

एउटा बलात्कार मुद्दामा आजीवन सजाय काटिरहेकालाई अर्को बलात्कार मुद्दामा दोषी ठहराउँदै फेरि जन्मकैदको सजायको फैसला भएको हो। सन् २००१ देखि २००६ को अवधिमा आसारामले आफूमाथि कैयौँपटक बलात्कारको आरोप लगाउँदै सुरतकी एक महिलाले उनीविरुद्ध मुद्दा दायर गरेकी थिइन्।

त्यतिबेला ती महिला आसाराम बापुले सञ्चालन गर्दै आएको आश्रममै बस्दै आएकी थिइन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।