सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेमाथि लगाएको निलम्बन फुकुवा गरेको छ ।

पोखरामा मंगलबार भएको केन्द्रिय कार्यसमिति बैठकले बलात्कारको आरोपमा
जाहेरी परेपछि गत भदौ २३ गते क्यानको कार्यसम्पादन समितिले लगाएको निलम्बन
फुकुवा गरेको हो ।

बलात्कार आरोपमा पक्राउ परेपछि क्यानले लामिछानेलाई निलम्बन गरेको थियो
भने उच्च अदालतले उनलाई धरौटीमा छाड्ने निर्णय गरेसँगै निलम्बन फुकुवा
गर्ने निर्णय गरेको हो।

आजैमात्र सोही मुद्दामा क्रिकेटर लामिछानेलाई थुनामै राख्नुपर्ने माग
राख्दै महान्यायाधीवक्ताको कार्यालयले सर्वोच्चमा निवेदन दिएको थियो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।