विश्वको आर्थिक वृद्धिदर २.९ प्रतिशत रहने आइएमएफको प्रक्षेपण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले सन् २०२३ मा विश्वको आर्थिक वृद्धिदर २.९ प्रतिशत रहने नयाँ प्रक्षेपण सार्वजनिक गरेको छ ।

मंगलबार सन् २०२३ को पहिलो प्रक्षेपण सार्वजनिक गर्दै आइएमएफले २.९ प्रतिशतको आर्थिक वृद्धिदर प्राप्त हुने अनुमान गरेको हो ।

यसअघि ३.४ प्रतिशतको वृद्धिदर हुने अनुमान थियो । यो अनुमान रुस–युक्रेन युद्धको प्रभावका कारण असफल भएको छ । विश्व बैंकले भने १.७ प्रतिशतले मात्र विश्वको आर्थिक वृद्धिदर हुने अनुमान गरेको थियो ।

आइएमएफका अनुसार सन् २०२४ मा भने ३.४ प्रतिशतको वृद्धिदर प्राप्त हुने अनुमान छ । नेपालको छिमेकी मुलुक भारतसहित दक्षिण एसियामा यस वर्ष त्यति ठूलो जोखिम धेखाइएको छैन । भारतले ६.८ प्रतिशतको आर्थिक वृद्धिदर प्राप्त गर्नेछ ।

यो संतोषजनक अवस्था हो । पुरै एसियामा भने ५.३ प्रतिशतको वृद्धिदर प्राप्त हुने छ । यसमा चीनले अर्थतन्त्र चलायमान बनाउने अपेक्षा गरिएको छ । किनकी उसले कोभिडपछिका प्रतिवन्धहरु खुला गरेको छ । चीनले यस वर्ष ५.२ प्रतिशतको आर्थिक वृद्धि प्राप्त गर्ने अनुमान रहेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।