काठमाडौं । नेपाल राष्ट्र बैंकले ६ वटा विकास बैंकमाथि विभिन्न नियम मिचेको ठहर गर्दै कारबाही गरेको छ।
केन्द्रीय बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कर्णाली डेभलपमेन्ट बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, नारायणी डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक र सालपा विकास बैंकमाथि कारबाही गर्दै हर्जाना तिर्न लगाएको हो।
राष्ट्र बैंकले अनिवार्य मौज्दातमा कर्णाली डेभलपमेन्ट बैंक र सालपा विकास बैंकलाई हर्जाना तिराएको छ। कर्णाली डेभलपमेन्ट बैंकलाई पहिलोपटक ७०६.६२ रुपैयाँ र दोस्रोपटक ३२ हजार ६९६.०२ रुपैयाँ तथा विपन्न वर्ग कर्जामा १ लाख ५२ हजार ९२९.८८ रुपैयाँ र सालपा विकास बैंकलाई ३५३.९० रुपैयाँ हर्जाना तिरेको छ।
यस्तै, नारायणी डेभलपमेन्ट बैंकले साउनमा ४ लाख ६३ हजार ७९४ रुपैयाँ १७ पैसा र भदौमा ५ लाख १६ हजार ३०७ रुपैयाँ ९८ पैसा र सप्तकोशी डेभलपमेन्ट बैंकले साउनमा २१ लाख ८० हजार ६६३.१९ रुपैयाँ र भदौ २८ लाख ९७ हजार ३५४ रुपैयाँ ६१ पैसा जरिवाना राष्ट्र बैंकलाई तिरेका छन्।
यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, नारायणी डेभलपमेन्ट बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकले कर्जा निक्षेप अनुपातमा साउनमा पहिलोपटक र भदौमा दोस्रोपटक जरिवाना तिरेका छन्।
यस्तै, कर्जा निक्षेप अनुपातमा कर्पोरेट डेभलपमेन्ट बैंकले साउनमा २० लाख १३ हजार ३ रुपैयाँ ३५ पैसा र भदौमा २३ लाख १४ हजार ४९३ रुपैयाँ ७२ पैसा, सिन्धु विकास बैंकले साउनमा १ लाख २६ हजार ३८४.५७ रुपैयाँ र भदौमा १६ लाख ९९ हजार १५१.३७ रुपैयाँ जरिवाना तिरेका छन्।
Comment