काठमाडौं । सगरमाथा इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७८/८९ को मुनाफाबाट घोषणा गरेको लाभांश परिमार्जन गरेको छ ।
नेपाल बीमा प्राधिकरणको निर्देशन अनुसार कम्पनी संचालक समितको पुस ३० गते बसेको बैंकले यसअघि घोषणा गरेको लाभांश संशोधन गरेको हो ।
कम्पनीले संशोधन गरेको लाभांश अनुसार बोनस सेयर घटेको छ । परिमार्जित लाभांश अनुसार अब कम्पनीले १२.४० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.६५ प्रतिशत नगद गरी कुल १३.०५ प्रतिशत लाभांश दिने भएको छ ।
यसअघि इन्स्योरेन्स संचालक समितिको पुस ५ गते बसेको बैठकले सेयरधनीलाई १२.५० प्रतिशत बोनस सेयर र करप्रयोजनका लागि ०.६५ प्रतिशत नगद गरी कुल १३.१५ प्रतिशत लाभांश दिने घोषणा गरेको थियो ।
प्रस्तावित लाभांश कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीहरुले पाउनेछन्।
Comment