विदेशमा गरिने लगानीमा राष्ट्र बैंकको थप कडाइ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशमा पैसा लैजानका लागि थप कडाइ गरेको छ ।

केन्द्रीय बैंकले आज एक सूचनामार्फत् विदेशमा कानुनले तोकेबाहेक कुनै पनि प्रकारको लगानी गर्न कडाइ गरेको हो ।

शुक्रबार विदेशी विनिमय व्यवस्थापन विभागले सूचना जारी गदै विदेशमा घरजग्गा खरिद, धितोपत्र खरिद, सम्पत्ति खरिद, विदेशी बैंक तथा वित्तीय संस्थामा निक्षेप जम्मा गर्ने लगायत पूँजीगत प्रकृतिका कारोबार (सोसम्बन्धी प्रचारप्रसार समेत) गरेको पाइए कानुन अनुसार कारबाहीको भागिदार हुनुपर्ने बताएको हो ।

विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १० (क) ले विदेशमा लगानी गर्न प्रतिबन्धित गरेको र सोही ऐनको दफा (ग) ले राष्ट्र बैंकले तोकिदिएको व्यवस्था बमोजिम बाहेक नेपालमा बसोबास गर्ने व्यक्तिले कुनै पनि तरिकाले विदेशमा भुक्तानी दिनेसम्बन्धी कार्य गर्न प्रतिबन्धित गरेको छ ।

नेपालमा बसोबास गर्ने कुनै पनि व्यक्तिले कुनै पनि किसिमले विदेशमा लगानी हुनेगरी कुनै पनि कार्यहरू जस्तैः विदेशमा घर(जग्गा खरिद, धितोपत्र खरिद, सम्पत्ति खरिद, विदेशी बैंक तथा वित्तीय संस्थामा निक्षेप जम्मा गर्नेलगायतका पुँजीगत प्रकृतिका कारोबार (सोसम्बन्धी प्रचारप्रसार समेत) र राष्ट्र बैंकले तोकिदिएको व्यवस्था बमोजिम बाहेक विदेशमा भुक्तानी हुनेसम्बन्धी कार्य गर्न पाइदैन।

त्यस्तो कार्य गर्ने र गराइएको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुने राष्ट्र बैंकले जारी गरेको सूचनामा उल्लेख छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।