काठमाडौं । पुस १७ गतेदेखि राहदानी छपाइमा देखिएको समस्या समाधान भएको छ ।
सर्भरमा समस्या देखिएपछि गएको हप्तादेखि राहदानी छपाइ रोकिएको थियो ।
आइतवारबाट उक्त समस्या समाधान भएको राहदानी विभागका प्रवक्ता दुरपदा सापकोटाले जानकारी दिए । अब राहदानी छपाइ र वितरणमा कुनै समस्या नहुने विभागले जारी गरेको सूचनामा उल्लेख छ।
आइतबार जारी सार्वजनिक सूचनामा भनिएको छ, “विद्युतीय राहदानी जारी गर्ने कार्य अन्तर्गत प्रमाणीकरण प्रक्रियामा पुस १७ गतेदेखि आएको सुस्तता हाल समाधान भएको छ ।”
अब आवेदन दिएका आवेदकले मोबाइलमा म्यासेज प्राप्त गरेपछि राहदानीका लागि सम्पर्क गर्न विभागले अनुरोध गरेको छ।
Comment