अब काठमाडौं प्रशासनको सेवामा ‘समय कार्ड’,प्रजिअले गुनासो सुन्ने ६५ वर्ष माथिकालाई सहयोगी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  जिल्ला प्रशासन कार्यालय काठमाडौँले नागरिकको सेवा
प्रवाहलाई प्रभावकारी बनाउन आजदेखि विभिन्न सेवा प्रवाहमा ‘समय कार्ड’ लागू
गरेको छ । 

यस्तै गुनासो सुन्न प्रजिअ आफैँ सक्रिय हुनेछन् भने ६५ वर्षमाथिका
नागरिकलाई सेवा दिन सहयोगी खटाउन थालिएको छ । प्रमुख जिल्ला अधिकारी
(प्रजिअ) घनश्याम उपाध्यायले बिहीबारबाट दैनिक प्रवाह हुने १० वटा सेवामा
निश्चित सय अवधि तोकेर सेवा प्रवाहको व्यवस्था मिलाएका छन् ।

प्रजिअ उपाध्यायका अनुसार अब तोकिएका कागजात पूरा गरेर आएका सेवाग्राहीले तोकिएको समयभित्र सेवा लिन पाउने छन् ।

उनका अनुसार संस्था नवीकरण ३० मिनेटभित्र, नेपाली नागरिकता प्रमाणपत्र र
नाबालक परिचयपत्र १ घण्टाभित्र, राष्ट्रिय परिचयपत्र कार्ड वितरण ३०
मिनेट, राहदानी वितरण १५ मिनेटभित्र, जिल्ला प्रशासनबाट हुने सिफारिसपत्र १
घण्टा, मुद्दाको पेशी र तारेख ३० मिनेट र मुद्दाको फैसला ६० दिन भित्र
हुने गरी सेवा प्रवाहमा टाइम कार्ड लगाइएको छ ।

त्यस्तै शुक्रबारबाहेक कार्यालय खुल्ने समय ५ दिन दिउँसो ३ बजेदेखि ४
बजेसम्म प्रजिअले गुनासो सुन्ने व्यवस्था पनि मिलाइएको छ । प्रशासनले ६५
वर्ष उमेर नाघेका, अशक्त, बच्चा बोकेका महिलालाई लाइनमा नबसी सेवा पाउने
प्रबन्ध पनि सुरु गरेको छ । त्यस्तै ७५ वर्षमाथिका वृद्धवृद्धालाई
प्रशासनले सहयोगी नै खटाएर सेवा प्रदान गर्ने व्यवस्था पनि सुरु गरेको
प्रजिअ उपाध्यायले जानकारी दिए । प्रशासनको १० सेवामा‘ ‘टाइम कार्ड’ ६५
वर्ष माथिकालाई सहयोगीमार्फत सेवा
काठमाडौं ।  जिल्ला प्रशासन कार्यालय काठमाडौँले नागरिकको सेवा प्रवाहलाई
प्रभावकारी बनाउन आजदेखि विभिन्न सेवा प्रवाहमा ‘समय कार्ड’ लागू गरेको छ
। 

यस्तै गुनासो सुन्न प्रजिअ आफैँ सक्रिय हुनेछन् भने ६५ वर्षमाथिका
नागरिकलाई सेवा दिन सहयोगी खटाउन थालिएको छ । प्रमुख जिल्ला अधिकारी
(प्रजिअ) घनश्याम उपाध्यायले बिहीबारबाट दैनिक प्रवाह हुने १० वटा सेवामा
निश्चित सय अवधि तोकेर सेवा प्रवाहको व्यवस्था मिलाएका छन् ।

प्रजिअ उपाध्यायका अनुसार अब तोकिएका कागजात पूरा गरेर आएका सेवाग्राहीले तोकिएको समयभित्र सेवा लिन पाउने छन् ।

उनका अनुसार संस्था नवीकरण ३० मिनेटभित्र, नेपाली नागरिकता प्रमाणपत्र र
नाबालक परिचयपत्र १ घण्टाभित्र, राष्ट्रिय परिचयपत्र कार्ड वितरण ३०
मिनेट, राहदानी वितरण १५ मिनेटभित्र, जिल्ला प्रशासनबाट हुने सिफारिसपत्र १
घण्टा, मुद्दाको पेशी र तारेख ३० मिनेट र मुद्दाको फैसला ६० दिन भित्र
हुने गरी सेवा प्रवाहमा टाइम कार्ड लगाइएको छ ।

त्यस्तै शुक्रबारबाहेक कार्यालय खुल्ने समय ५ दिन दिउँसो ३ बजेदेखि ४
बजेसम्म प्रजिअले गुनासो सुन्ने व्यवस्था पनि मिलाइएको छ । प्रशासनले ६५
वर्ष उमेर नाघेका, अशक्त, बच्चा बोकेका महिलालाई लाइनमा नबसी सेवा पाउने
प्रबन्ध पनि सुरु गरेको छ । त्यस्तै ७५ वर्षमाथिका वृद्धवृद्धालाई
प्रशासनले सहयोगी नै खटाएर सेवा प्रदान गर्ने व्यवस्था पनि सुरु गरेको
प्रजिअ उपाध्यायले जानकारी दिए ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।