मन्दाकिनी हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । मन्दाकिनी हाइड्रोपावर लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज  बुधवारसम्म रहेको छ । 

काठमाडौं । मन्दाकिनी हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधरण सभा तथा लाभांश प्रयोजनका लागि पुस २१ गते बुकक्लोज तोकेको छ । सो अनुसार आजसम्म कायम रहने सेयरधनीले मात्र कम्पनीको लाभांश पाउने छन् ।

कम्पनीले आर्थिक वर्ष गत २०७८/७९ को मुनाफाबाट कर प्रयोजनसहित ५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।

सो लाभांश पारित गर्न कम्पनीले पुस ३० गते वार्षिक साधारण सभा बोलाएको छ। सो सभा अनुपम फुडल्याण्ड एण्ड ब्याक्वेट, बत्तीसपुतलीमा बिहान ११ बजे सुरु हुने छ ।

साधरण सभाले पारित गरेपछि सेयरधनीले उक्त लाभांश पाउने छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।