राष्ट्रिय सहकारी बैंकले सदस्यको खातामा पठायो १५ प्रतिशत लाभांश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर । राष्ट्रिय सहकारी बैंकले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट सेयर सदस्य सहकारी संघ संस्थाहरुलाई १५ प्रतिशत लाभांश वितरण गरेको छ ।

बैंकको १९औं वार्षिक साधारणसभा सकिएकै दिन बैंकले गत आर्थिक वर्षको लाभांश १५ हजार ४७४ सदस्य सहकारी संघ–संस्थाको खातामा पठाएको जनाएको छ ।

साधारण सभाले १५ प्रतिशत लाभाशं दिने निर्णय पारित गरे लगत्तै सदस्यको खातामा रकम पठाएको बैंकका अध्यक्ष के बी उप्रेतीले बताए ।

बैंकले गत आर्थिक वर्ष ०७८/०७९ मा ४३ करोड ४५ लाख ५७ हजार ७४८ रुपैया लाभांश वितरण गरेको छ । सहकारी बैंकले विगत ५ वर्ष देखि लगातार १५ प्रतिशत लाभांश प्रदान गर्दै आएको छ । बैंकले वितरण गरेको यो लाभांशमा संरक्षित पुँजी फिर्ता कोषबाट प्राप्त गर्ने रकम समाबेश नगरीएको बैंकले जनाएको छ ।

बैंकले छिट्टै नै सदस्यहरुलाई संरक्षित पुँजी फिर्ता कोषको रकम पनि सदस्यको खातामा पठाउने तयारी गरेको छ । बैंकले लाभांश बाहेक कारोबारका आधारमा संरक्षित पुँजी फिर्ता कोषबाट पनि सदस्य सहकारीहरुलाई रकम उपलब्ध गराउँदै आएको छ ।

संरक्षित पुँजी फिर्ता कोषको रकम कारोबारको आधारमा दिइने र उक्त रकम केही समयपछि प्रदान गरिने बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बद्रीकुमार गुरागाईंले बताए ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।