प्रभु र सेञ्चुरी कमर्सियल बैंकले पाए मर्जरको अन्तिम स्वीकृति, २९ गतेदेखि एकीकृत कारोबार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंक मर्जरमा जान स्वीकृति पाएका छन्। सोमबार बसेको राष्ट्र बैंक सञ्चालक समितिको बैठकले यी दुवै बैंकलाई मर्जरमा जान अन्तिम स्वीकृति प्रदान गरेको हो।

राष्ट्र बैंकको स्वीकृतिसँगै दुई बैंकबीच एकीकृत कारोबारका लागि बाटो खुलेको छ ।  दुवै बैंकले पुस २९ गतेदेखि एकीकृत कारोबार कारोबार शुरु गर्ने तयारी थालेका छन् । अब कम्पनी रजिस्टारको कार्यालयबाट स्वीकृति लिनुपर्ने छ। 

मर्जर पछि चुक्ता पुँजी २२ अर्ब बढी हुनेछ। बैंकको सीईओ अशोक शेरचन हुने छन्। त्यस्तै डेपुटी सीईओमा मनोज न्यौपाने रहने सहमति छ।

मर्जपछि बन्ने सञ्चालक समितिमा प्रभु बैंकको तर्फबाट ४ जना र सेञ्चुरीको तर्फबाट ३ जना रहने मर्जर सम्झौतामा उल्लेख छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।