तीन लघुवित्तसहित ८ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । विभिन्न ८ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । शिवम् सिमेन्ट्स, बोटलर्स नेपाल (बालाजु), बोटलर्स नेपाल (तराई), हिमालयन डिस्टिलरी, मुक्तिनाथ विकास बैंक, मिर्मिरे लघुवित्त, साधना लघुवित्त र गुराँस लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।

यी कम्पनीले साधारण सभाका लागि भोली पुस २० गते बुक क्लोज गर्ने भएका छन् । जसले गर्दा आजसम्म कायम रहेका सेयरधनीले कम्पनीले तोकेको लाभांश पाउनेछन् ।

शिवम् सिमेन्टले गत आर्थिक वर्षको नाफाबाट १०.५३ प्रतिशत नगद लाभांश ९कर सहित० वितरण गर्नेछ । उक्त लाभांश पारित गर्न पुस २९ गते वार्षिक साधारण सभा बोलाएको छ ।

बोटलर्स नेपाल (बालाजु) ले गत आर्थिक वर्षको नाफाबाट २० प्रतिशशत नगद लाभांश दिनेछ । उक्त लाभांश पारित गर्न यस कम्पनीले पुस २७ गते साधारण सभा डाकेको छ ।

बोटलर्स नेपाल (तराई) ले गत आर्थिक वर्षको नाफाबाट ६० प्रतिशत नगद लाभांश वितरण गर्दैछ । यसले पुस २७ गते साधारण सभा बोलाएको छ ।

हिमालयन डिस्टिलरीले गत वर्षको नाफाबाट ६० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित १० प्रतिशत नगद सहित ७० प्रतिशत लाभांश वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न यस कम्पनीले पुस २९ गते वार्षिक साधारण सभा बोलाएको छ ।

मुक्तिनाथ विकास बैंकले गत आर्थिक वर्षको नाफाबाट १३.५० प्रतिशत बोनस सेयर र कर तिर्न ०.७१ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न यस बैंकले पुस ३० गते वार्षिक साधारण सभा बोलाएको छ ।

साधना लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न यस संस्थाले पुस ३० गते वार्षिक साधारण सभा बोलाएको छ ।

मिर्मिरे लघुवित्त वित्तीय संस्थाले गत वर्षको नाफाबाट २३ प्रतिशत बोनस सेयर वितरण गर्दैछ । यस संस्थाले लाभांश पारित गर्न पुस ३० गते वार्षिक साधारण सभा बोलाएको छ ।

गुराँस लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२१ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । यस लघुवित्तले उक्त प्रस्तावित लाभांश पारित गर्न पुस ३० गते वार्षिक साधारण सभा बोलाएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।