आजदेखि कुमारी र एनसीसी बैंकको एकीकृत कारोबार हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आजदेखि कुमारी र एनसीसी बैंकको एकीकृत कारोबार सुरु भएको छ ।

मर्जपछि कुमारी बैंकको नामबाट एकिकृत कारोबार हुने छ भने बैंकको केन्द्रीय कार्यालय अहिले कुमारी बैंकको केन्द्रीय कार्यालय रहेको स्थान टंगालमा नै हुनेछ ।

मर्जरपछि बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) रमेश अर्याल र बरिष्ठ डेपुटी सीईओमा रामचन्द्र खनाल हुनेछन् भने संचालक समितिमा कुमारी र एनसीसीको तर्फबाट ३ ३ जना रहने छन् ।

मर्जरपछि चुक्ता पुँजी २५ अर्ब ८५ करोड रुपैयाँ हुनेछ । मर्जपछि बैंकको कुल पुजी ३७ अर्ब ६५ करोड रुपैयाँ हुनेछ । एकीकृत कारोबारका लागि १५ दिन बुक क्लोज रहेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।