कुमारी र एनसीसी बैंकले पुस १७ देखि एकीकृत कारोबार गर्ने, २ दिन कारोबार बन्द हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले पुस १७ गतेदेखि एकीकृत कारोबार हुने भएको छ ।

दुवै बैंकले सूचना जारी गर्दै आगामी आइतबारदेखि एकीकृत कारोबार गर्ने जनाएका छन् । दुवै बैंकबीच गत असोज १० मा मर्जरमा जाने सम्झौता भएको थियो । गत मङ्सिर २५ गते बसेको दुवै बैंकको विशेष साधारणसभाले मर्जर प्रस्ताव पारित गरेको थियो । मर्जरपछि ‘कुमारी बैंकको नामबाट कारोबार हुनेछ ।

मर्जर सम्झौताअनुसार दुवै बैंकबीच शेयर आदानप्रदान अनुपात (स्वाप रेसियो) एक बराबर एक हुनेछ । एकीकृत कारोबारपछि अहिले कुमारी र एनसीसी बैंकका लगानीकर्ताको सेयर सङ्ख्या थपघट हुनेछैन ।

मर्जरपछि बैंकको केन्द्रीय कार्यालय हाल कुमारी बैंकको केन्द्रीय कार्यालय रहेको स्थान टङ्गालमा नै हुनेछ । बैंकले एकीकृत कारोबारका लागि डाटा माइक्रेसन गर्न पुस १५ र १६ गते दुवै बैंकका सबै शाखा बन्द हुनेछन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।