दर्ता भएर १ बर्षसम्म प्रयोगमा नआएको ट्रेडमार्क चिन्ह खारेज

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । उद्योग विभागले दर्ता भएर प्रयोगमा नआएको ट्रेडमार्क चिन्ह खारेज गर्ने भएको छ । विभागले आइतबार एक सूचना जारी गर्दै एक वर्षसम्म प्रयोग भएको नपाएमा ऐनअनुसार खारेज हुने बताएको हो ।

ट्रेडमार्क ऐन २०२२ को दफा १८ ‘ग’ बमोजिम दर्ता भएर प्रयोगमा नआएको ट्रेडमार्क चिन्ह खारेज हुने भएको हो।

विभागमा दर्ता भएर प्रमाणपत्र लिएका सबै ट्रेडमार्क धनी उद्योगी-व्यवसायीहरूले आफूले लिएको ट्रेडमार्क प्रयोग भए नभएको स्पष्ट प्रमाणसहित तोकिएको म्यादभित्र निवेदन दिन विभागले भनेको छ।

ऐनले तोकिएको अवधिभित्रमा प्रयोग भएको जानकारी विभागमा नगराएमा वा नभएको पाइएका कानून बमोजिम कारवाहीको प्रक्रियामा जाने विभागले चेतावनी दिएको छ।

पेटेन्ट, डिजाइन र ट्रेडमार्क ऐन २०२२ को दफा १८ ‘ग’ बमोजिम प्रमाणपत्र जारी भएको मितिले १ वर्षसम्ममा दर्ता भएको ट्रेडमार्क प्रयोगमा नल्याएमा विभागले आवश्यक जाँचबुझ गरी त्यस्तो ट्रेडमार्क दर्ता खारेज गर्न सक्ने व्यवस्था छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।