काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडको अध्यक्षमा प्रदिप कुमार थिके नियुक्त भएका छन् ।
कम्पनीको मंसिर २७ गते मंगलबार बसेको संचालक समितिको बैठकले चिलिमे जल्यविद्युत कम्पनीबाट संस्थागत प्रतिनिधि गर्दे सञ्चालक समितिका अध्यक्ष रहेका माधव प्रसाद कोइरालाको स्थानमा थिकेलाई नियुक्त गरेको हो ।
थिकेले कम्पनीले अध्यक्ष नियुक्त गरेका दिनमा नै सञ्चालक पदमा सपत लिएका हुन् । अध्यक्ष थिकेसँगै प्रवल अधिकारी, सुभाषकुमार मिश्र, रामप्रसाद रिमाल, भिमप्रसाद तिमल्सिना र ध्रुवप्रसाद अधिकारी सञ्चालक समितिमा रहेका छन् ।
Comment