लघुवित्तहरुले माघदेखि मासिक रुपमा आधारदर सार्वजनिक गर्नुपर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । लघुवित्त वित्तीय संस्थाले ०७९ माघदेखि मासिक रुपमै आधार दर प्रकाशन गर्नुपर्ने भएको छ ।

नेपाल राष्ट्र बैंकले बुधवार एक परिपत्र जारी गर्दै आधार दर मासिक रूपमा प्रकाशन गर्नुपर्ने व्यवस्था गरेको हो । पछिल्लो समय लघुवित्तहरूले ऋणीहरूलाई ठगेको भन्दै जनस्तरबाट गुनासो आइरहेको छ ।

लघुवित्त वित्तीय संस्थाले मासिक रुपले अनुसूची–१५.१ बमोजिम आधार दर तयार गरी महिना समाप्त भएको १५ दिनभित्र यस बैंकमा पेश गर्नुपर्ने छ । साथै, २०७९ माघदेखि आधार दर मासिक रुपमा आफ्नो वेबसाइटमा प्रकाशन गर्नुपर्ने निर्देशनमा भनिएको छ ।

बैंक तथा वित्तीय संस्थाले दिने कर्जाको ब्याजदर निर्धारण गर्ने प्रमुख आधार नै आधार दर अर्थात् बेस रेट हो ।

बेस रेटमा वित्तीय संस्थाले प्रिमियम थपेर ब्याजदर तोक्न पाउँछन् । बैंक तथा वित्तीय संस्थाहरूले आफ्ना ग्राहकहरूलाई कर्जा प्रवाह गर्दा कर्जाको ब्याजदर निर्धारण गर्नु पर्दछ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।