नबिल बैंकले शेयरधनीलाई ३० प्रतिशत लाभांश दिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नबिल बैंकले शेयरधनीहरुलाई ३० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । 

सञ्चालक समितिको आज बसेको बैठकले आव २०७८/७९ को नाफाबाट हाल कायम चुक्ता पूँजीको १८.५ प्रतिशत बोनस शेयर र ११.५ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको हो । 

हालसम्म घोषणा गरेका वाणिज्य बैंकहरु मध्ये नबिलले सबैभन्दा बढी लाभांश घोषणा गरेको हो । 

राष्ट्र बैंकबाट स्वीकृति र बैंकको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीहरुले लाभांश पाउने छन् । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।