जया मल्टीपल क्याम्पसले गर्यो नव आगन्तुक विद्यार्थीहरुलाई स्वागत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं ८ माकलबारीमा संचालित जया मल्टीपल क्याम्पसमा शुक्रबार स्वागत तथा बधाई कार्यक्रम सम्पन्न भएको छ ।

क्याम्पसका संस्थापक अध्यक्ष जगन्नाथ देवकोटाको सभा अध्यक्षतामा  र काठमाडौ निर्वाचन क्षेत्र नम्बर ३ का नव निर्वाचित प्रतिनिधि सभा सदस्य  सन्तोष चालिसेको प्रमुख आथ्यितामा सम्पन्न भएको उक्त कार्यक्रममा कक्षा ११ का बिद्यार्थीहरुलाई खादा तथा मायाको चिनोसहित स्वागत गरिएको थियो भने सर्वोत्कृष्ट अङ्क प्राप्त गरेका विभिन्न सङ्कायका विद्यार्र्थीलाई पुरस्कार तथा प्रशंसापत्रद्वारा सम्मान गरिएको थियो ।

कार्यक्रममा क्याम्पसमा  निरन्तर  लामो समय शैक्षिक  सेवा गरेका शिक्षक तथा  कर्मचारीहरुलाई दिर्घ सेवा पदकबाट सम्मानित गरिएको थियो ।

कार्यक्रममा नाङल भारे निवासी ८२ बर्षीय टिकाराम ढकाल पोखरा उप महानगरपालिका ३१ घर भई हाल माकलबारी निवासी ९३ बर्षीय शिव प्रसाद अधिकारी र १५ वर्षमा नै न्याय सेवामा प्रवेश गरि सेवा पुर्याएका ७२ बर्षीय रामहरी शर्मालाइ बिशेष सम्मान गरिएको थियो ।

काठमाडौंको पूर्वी भेगमा  २०६१ सालबाट छुट्टै पहिचान बनाउदै गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको उक्त क्याम्पसमा  ४५ वटा भन्दा बढि जिल्लाबाट अध्यानका लागि  आउने गरेका छन् । 

सो अवसरमा  क्याम्पस प्रमुख एवम् शिक्षाविद भवानी प्रसाद पौडेलले आफ्नो भबिश्य निर्माणका लागि जया मल्टीपल क्याम्पसलाई छानेर बिश्वास गर्दै अध्ययनको लागि आएकोमा सम्पूर्ण बिद्यार्थीहरुलाई धन्यवादका साथ स्वागत गरे ।

उनले कक्षा  ११ का नवआगन्तुक बिद्यार्थीहरुलाई अनुशासित एवंम उर्जाशिलभई पढाईमा अगाडि बढन समेत आग्रह गरेका छन् । 

उनले स्वदेशमा नै लाग्ने गरि अध्ययनलाई निरन्तरता दिनुपर्नेमा जोड दिदै  जय मल्टिपल क्याम्पसले ब्याचलरमा बिए र बि बिएसर बि एस डब्लुर बि सी ए,बि बि एम र मास्टर्समा एम बि एस कार्यक्रम संचालन गरेको जानकारी गराएका थिए ।

कार्यक्रमा बिद्यार्थीहरुले गित, कबिता, नृत्य लगायका प्रस्तुत समेत राखेका थिए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।