काठमाडौं । नेपाल राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरण निवारण सुपरीवेक्षण महाशाखा स्थापना गर्ने निर्णय गरेको छ ।
केन्द्रिय बैंकले शुक्रबार एक सार्वजनिक सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो ।
पछिल्लो समय कार्यविधिलगायतमा विभिन्न संशोधन गरेको राष्ट्र बैंकले यससम्बन्धि छुट्टै सम्पत्ति शुद्धिकरण निवारण सुपरिवेक्षण महाशाखा आगामी माघ १ गतेदेखि संचालनमा आउने बताएको हो ।
यसअघि राष्ट्र बैंकले रिस्क एसेसमेन्ट गाईडलाईन्स समेत सार्वजनिक गरिसकेको छ । कालोधन ओसारपसारको विषयलाई यसअघि राष्ट्र बैंकले आयात निर्यात व्यापारमा समेत उच्च पदस्थको खाता निगरानीमा राख्न बैंक तथा बित्तीय संस्थालाई निर्देशनसमेत दिएको थियो।
Comment