चिलिमे जलविद्युत कम्पनीले १५ प्रतिशत लाभांश दिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौं । चिलिमे जलविद्युत कम्पनी लिमिटेडले आफ्ना सेयरधनी सदस्यहरुलाई १५ प्रतिशत बोनश सेयरर लभांश वितरण दिने घोषणा गरेको छ ।

मंगलबार बसेको सञ्चालक समितिको बैठकले ७.५० प्रतिशत बोनस सेयर र ७.५० प्रतिशत नगद लाभांश (कर सहित) गरी कुल १५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो। 

उक्त लाभांश कम्पनीको आगामी २६औं वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीहरूले पाउनेछन्। हाल कम्पनीको चुक्ता पुँजी ६ अर्ब ७५ करोड १७ लाख ९४ हजार ६७५ रुपैयाँ रहेको छ। सोही पुँजीको आधारमा कम्पनीले लाभांश दिने भएको हो।

कम्पनीले उक्त लाभांश पारित गर्न पुस २२ गते वार्षिक साधारण सभा समेत बोलाएको छ। 

सभा प्रयोजनको लागि कम्पनीले पुस ३ गते बुक क्लोज गर्नेछ। पुस २ गतेसम्म कायम सेयरधनीले लाभांश प्राप्त गर्न सक्नेछन्। 

गत वर्ष पनि कम्पनीले ७.५ प्रतिशत बोनस सेयर र ७.५ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश वितरण गरेको थियो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।