जीवन बीमक संघको नयाँ कार्यसमिति गठन, अध्यक्षमा पोषक राज पौडेल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेल जीवन बीमक संघ नेपालको अध्यक्ष बनेका छन्।

संघको शुक्रबार सम्पन्न साधारण सभाले पोषक राज पौडेलको नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको हो। पौडेल यस अघि संघको उपाध्यक्ष थिए ।

संघको उपाध्यक्षमा नेपाल लाईफका प्रमुख कार्यकारी प्रवीण रमण पराजुली, महासचिवमा ज्योती लाईफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्री , र कोषाध्यक्षमा एशियन लाईफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दिनेश लाल श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । संघको कार्य समिति सदस्यहरूमा एलआईसी नेपालका एलपि दास, आईएमई लाइफका कवि फुयाल, र रिलायबल नेपाल लाइफका नारायण बाबु लोहनी‌ रहेका छन् ।

जीवन बीमा कम्पनीहरुको साझा हितमा काम गर्ने उद्देश्यले दुई बर्ष अगाडी जीवन बीमक संघ नेपालको स्थापना भएको हो। शिवनाथ पाण्डे संघका संस्थापक अध्यक्ष हुन्। संघले जीवन बीमा कम्पनीहरुको स्वनियमनको लागि आचार संहिताको मस्यौदामाथि छलफल चलाइरहेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।