ग्लोबल आइएमई बैंकले ११.२५ प्रतिशत ब्याजदरमा पाँच अर्बको ऋणपत्र जारी गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। ग्लोबल आइएमई बैंकले पाँच अर्ब बराबरको ऋणपत्र जारी गर्ने भएको छ। बैंकले ‘ग्लोबल आइएमई डिबेन्चर २०८४/८५’ नामक ऋणपत्र जारीका गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ।

बैंकले धितोपत्र बोर्डबाट निष्काशन गर्ने अनुमति पाएपछि ५ अर्ब रुपैयाँ बराबरको ५० लाख कित्ता ऋणपत्र जारी गर्ने छ। यो ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ।

बैंकले जारी गर्ने सो ऋणपत्र मध्ये २० लाख कित्ता ऋणपत्र सर्वसाधारणमा बिक्री गर्ने छ भने ३० लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गर्ने भएको हो।

५ वर्ष अवधिको ऋणपत्रको वार्षिक व्याजदर ११.२५ प्रतिशत हुनेछ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।