बैंक अफ काठमाण्डूको सेयर मूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बैंक अफ काठमाण्डूको सेयरमूल्य समायोजन भएको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

कम्पनीले आव २०७८/७९ को नाफाबाट वितरण गर्ने ६ प्रतिशत बोनसपछि मूल्य समायोजन भएको हो । नेप्सेका अनुसार समायोजनपछि कम्पनीको नयाँ सेयरमूल्य २१४.२५ रुपैयाँ कायम भएको छ ।

यही समायोजित मूल्यका आधारमा अब दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ।

बैंकले आव २०७८/८९ को मुनाफाबाट ६३ प्रतिशत बोनस सेयर र १४.९५ प्रतिशत नगद गरी कुल २०.९५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

प्रस्तावित लाभांश पारित गर्न बैंकले मंसिर २३ गते वार्षिक साधारण सभा बोलाएको छ । बैंक अफ काठमाण्डू हाल ग्लोबल आइएमई बैंकसँग मर्जर प्रक्रियामा छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।