मनाङ-१ : प्रदेशसभामा कांग्रेसका मुनिन्द्रजंग गुरुङ विजयी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । मनाङ प्रदेशसभा निर्वाचन क्षेत्र–१ मा नेपाली कांग्रेसका उम्मेदवार मुनिन्द्रजंग गुरुङ प्रदेशसभा निर्वाचनमा विजयी भएका छन्।

नेकपा एमालेका उम्मेदवार राजनबहादुर गुरुङलाई ३ सय ३० मतले हराउँदै मुनिन्द्रजंग विजयी भएका हुन्।​ मुनिन्द्रले एक हजार २ सय ५५ मत पाउँदा राजनले ९२५ मत प्राप्त गरे।

यसअघि नै मनाङको प्रदेशसभा निर्वाचन क्षेत्र २ मा भने राजीव गुरुङ(दीपक मनाङे) निर्विरोध निर्वाचित भइसकेका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।