एमाले समर्थक पत्रकारबाट सामाजिक सञ्जालमा फेकन्यूज आतंक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ । शनिबार एमाले समर्थक केही पत्रकारहरुबाट फेकन्यूज आतंक चलाइएको छ । यसलाई नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले विभिन्न मिडियाका स्क्रिनसट राखेर भ्रम फैलाएकोमा आपत्ति जनाएका छन् । शनिबार दिउँसो कांग्रेस र माओवादी केन्द्रका मुख्य सचिवद्वय श्रीराम ढकाल र कृष्णप्रसाद पौडेलले संयुक्त विज्ञप्ति जारी गर्दै आपत्ति जनाएका हुन्।

सेतोपाटी, अनलाइनखबर, नयाँ पत्रिकालगायत विभिन्न मिडिया समेतको दुरूपयोग गरी ‘प्रचण्ड बाहेकका माओवादी उम्मेदवारलाई भोट नदिन कांग्रेसको गोप्य सर्कुलर’ जस्ता समाचारका फोटोहरू सामाजिक सञ्जालमा भाइरल बनाइएका थिए । यसरी भ्रमपूर्ण र मिथ्या सूचना सार्वजनिक गरी दुई पार्टीबीच फाटो गराउने दुराशय गरेको विज्ञप्तिमा उल्लेख छ।

‘यो भ्रमपूर्ण निराधार, कपोलकल्पित र दुराशय राखेर गरिएको राजनीतिक अपराध हो। नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) लगायतका पाँच दल लोकतान्त्रिक वाम गठबन्धनकाप्रति पूर्ण प्रतिबद्ध छन् र गठबन्धनमा कोही कसैकाप्रति घात हुने कल्पना समेत गर्दैनन् निर्वाचनको अन्तिम घडीमा आम मतदातामा अन्योल सिर्जना गर्ने गरी रचिएको यो भ्रमपूर्ण षड्यन्त्रले एकथरी तत्वको राजनीतिक पराजयको मानसिकता पुष्टि गरेको छ,’ विज्ञप्तिमा भनिएको छ। यस्ता सूचनामा विश्वास नगर्न पनि मुख्य सचिवद्वयले अनुरोध गरेका छन्।

त्यसैगरी यस सम्बन्धमा आपत्ति जनाउँदै निर्वाचन अपराधका रूपमा लिएर उम्मेदवारी खारेजीसम्मको कडा कारबाहीको लागि निर्वाचन आयोगको समेत गम्भीर ध्यानाकर्षण गराएको छ। ‘अपराधपूर्ण यस काममा संलग्न व्यक्तिको खोजी गरी कानुनी कारबाहीका लागि समेत सरकारसँग माग गर्दछौ,’ विज्ञप्तिमा भनिएको छ।

प्रेस सेन्टरका अध्यक्ष विष्णु सापकोटाले पनि विज्ञप्ति जारी गर्दै अपवाह फैलाएको आपत्ति जनाएका छन्। उनले नेकपा एमालेका प्रचार विभाग सदस्य तथा प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत लगायत एमाले सम्बद्ध केही पत्रकारहरूले प्रविधिको दुरूपयोग स्रोस कोड परिवर्तन गरी सामाजिक सञ्जालमा अपवाह फैलाएको बताएका छन्।

प्रेस सेन्टरले बस्नेत लगायत यसमा संलग्न सबै पत्रकारहरूलाई तत्काल नेपाल पत्रकार महासंघको साधारण सदस्यबाट हटाउन र सूचना तथा प्रसारण विभागबाट लिइएको प्रेस प्रतिनिधि प्रमाण पत्र खारेज गर्न पनि माग गरेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।