प्रभु बैंकद्धारा भिसा डाइरेक्ट सेवा सुरू, १८० देशबाट रेमिट्यान्स पठाउन सकिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रभु बैंकले भिसा डाइरेक्ट सेवा सुरु गरेको छ । बैंकले अन्तर्राष्ट्रिय रेमिट्यान्स भुक्तानीलाई सहज बनाउन भिसा इन्टरनेशनलसँग सहकार्य गर्दै उक्त सेवा सुरु गरेको छ ।

यो सेवा मार्फत् विदेशबाट बैंकको भिसा डेबिट कार्डका ग्राहकहरुलाई बिना झन्झट सरल र सजिलै रेमिट्यान्स पठाउन सकिने बैंकले जनाएको छ ।

बैंकका अनुसार भिसा डाइरेक्टमा सहभागी रहेका १८० भन्दा वढी देशहरुबाट नेट बैंकिङ, मोबाइल वा एटीएम मार्फत बैंकद्वारा जारी गरिएको १६ अंकको भिसा कार्ड नंम्बरमा रकम पठाउन सकिने छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।