नेप्सेको पुरानो वेबसाइट आइतबारदेखि बन्द

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्स)को पुरानो वेबसाइट बन्द हुने भएको छ । नेप्सेले आगामी आइतबारदेखि नयाँ वेबसाइट पूर्णरुपमा संचालनमा ल्याउने भएसँगै पुरानो वेबसाइट बन्द हुने भएको हो ।

नेप्से सूचना जारी गर्दै नेप्सेको पुरानो वेबसाइटमा अब कुनै पनि तथ्यांकहरू अद्यावधिक नहुने जनाएको छ । हालसम्म परीक्षणका रूपमा सञ्चालन गरिँदै आएको नेप्सेको नयाँ वेबसाइट आइतबारबाट संचालनमा आउन लागेको हो ।

नेप्सेले नयाँ वेबसाइट संचालनमा ल्याउने भएकाले २५ गतेभित्र सूचीकृत कम्पनीहरुलाई नट्सको लगइन तथा यूजर आइडी लिन अनिवार्य रुपमा लिन पनि आह्वान गरेको थियो ।

योसँगै पुरानो वेबसाइट अन्तर्गतमा सम्पूर्ण लगइन र यूजर आइडी खारेज हुने भएका छन् । तसर्थ, तोकिएको समयभित्र सूचीकृत कम्पनीहरुले सूचना तथा विवरणहरु सम्प्रेषण गर्न नसके प्रचलित प्रावधान अनुसार हुने सूचनामा उल्लेख गरिएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।