ऋणपत्र निष्कासन गर्दै ग्लोबल आइएमई बैंक, विक्री प्रबन्धक सनराइज क्यापिटल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको ५ अर्ब रुपैयाँबराबरको ऋणपत्रको निष्कासन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड नियुक्त भएको छ ।

बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौतापत्रमा ग्लोबल आइएमई बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र सनराइज क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

सम्झौता कार्यक्रम काठमाडौंको कमलादीस्थित ग्लोबल आइएमई बैंकको कार्यालयमा भएको थियो । बैंकले ‘ग्लोबल आइएमई डिबेन्चर २०८४/८५’ जारी गर्नेछ । यो ऋणपत्र ५ वर्षे अवधिको हो । यसमा लगानीकर्ताहरुले वार्षिक११.२५ प्रतिशत ब्याज पाउनेछन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।