पेट्रोलियम पदार्थको मूल्य तत्काल नघट्ने, पाक्षिक नाफा १८ करोड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । इण्डियन आयल कर्पोरेशन (आइओसी) ले नेपाल पठाउने पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

पछिल्लो पटक इण्डियन आयल कर्पोरेशन (आइओसी) ले पठाएको नयाँ मूल्य सूचीअनु्सार पेट्रोलियम पदार्थको मूल्य बढेको हो ।

भारतबाट बढेर आएको भएपनि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको छ।

निगमले भारतबाट आएको नयाँ मूल्यसूचीमा पेट्रोलमा ०.६१ रुपैयाँ, डिजेलमा ५.७६ रुपैयाँ, मट्टितेलमा ४.०१ रुपैयाँ प्रति लिटर बढेर आएको जनाएको छ ।

यस्तै हवाई इन्धनमा प्रतिलिटर ४.७७ रुपैयाँ बढेर आउँदा एलपी ग्यासमा भने केही घटेर आएको जनाएको छ ।

नयाँ मूल्य सूची अनुसार निगमलाई पाक्षिक १८ करोड रुपैयाँ नाफा हुने भएको छ । इण्डियन आयल कर्पोरेशनले १५/१५ दिनमा मूल्य सूची पठाउँछ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।