एनआईसी एशिया बैंकको सीइओमा पून: न्यौपाने, थप ४ वर्षको कार्यकाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । एनआईसी एशिया बैंकको प्रमुख कार्यकारी अधिकृतमा रोशन कुमार न्यौपाने पुन: नियुक्त भएका छन् ।

बैंकको बुधबार बसेको सञ्चालक समितिको ५७३ औं बैंठकले न्यौपानेलाई दोहोर्‍याउने निणर्य गरेको हो। आगामी मंसिर १५ गतेदेखि ४ बर्षका कार्यकाल रहने छ ।

यसअघि उनी २०७५ मंसिर १६ गतेदेखि लागू हुने गरी ४ वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका थिए ।

न्यौपाने ३८ वर्षको उमेरमा नै बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त भएका थिए । हाल उनी ४२ वर्षका छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।